मेटलाइफले ल्यायो मध्यावधि लाभ वृद्धिसहितको नयाँ बीमा योजना

काठमाडाैं । बीमा कम्पनी मेटलाइफले नेपालमा मध्यावधि वृद्धि बीमा योजना सुरु गरेको छ। मेटलाइफले आफ्ना ग्राहकहरूका लागि मध्यावधि लाभहरूसहितको नयाँ एन्टिसिपेटेट एन्डोमेन्ट जीवन बीमा योजना ल्याएको हो।

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठ, एसिया वितरण प्रमुख यंग हो हान र एशिया एजेन्सीका प्रमुख मारवान माटरको उपस्थितिमा काठमाडौंमा एक औपचारिक कार्यक्रममा नयाँ योजना सार्वजनिक गरिएको हो।

यस योजना अन्तर्गत, बीमितले बीमालेखको मध्यावधिमा पुगेपछि बीमांक रकमको ४० प्रतिशत रकम प्राप्त गर्नेछन्। अर्थात् उनीहरूले आग्रिम रुपमा एन्डोमेन्ट लाभ रकम प्राप्त गर्न पाउनेछन् र यसै अवधीमा  बीमितको मृत्यु भएको अवस्थामा बीमांक रकम बराबर १०० प्रतिशत रकम इच्छाइएको व्यक्तिले प्राप्त गर्दछन्।

यस योजनाको मध्यावधि पछि बीमितको मृत्यु भएको अवस्थामा इच्छाइएको व्यतिmले बीमांक रकमको दोब्बर रकम प्राप्त गर्नेछन् ।

योजनाका मुख्य लाभ/विवरणहरुः
  • यस योजनाले बीमा अवधिको मध्यावधिमा बीमांकको ४० प्रतिशत र परिपक्वता मितिमा बीमांकको ६० प्रतिशत रकम र थप आर्जित रिभर्सनरी बोनससहित दुई चरणमा भुक्तानीे गरिने जीवित लाभ प्रदान गर्दछ।
  • मृत्यु रक्षावरणको हकमा, यदि बीमितको मृत्यु बीमालेख लागु मिति र बीमालेखको मध्यावधिको बीचमा भएको अवस्थामा, इच्छाइएको व्यतिmले बीमांक रकमको १०० प्रतिशत रकम र थप आर्जित  रिवर्सनरी बोनस सहित प्राप्त गर्नेछन्।
  • यदि बीमितको मृत्यु मध्यावधि पछि भएको अवस्थामा, इच्छाइएको व्यतिmले बीमांकको दोब्बर(२०० प्रतिशत) रकम र थप आर्जित रिवर्सनरी बोनस सहित प्राप्त गर्नेछन् र यस मृत्यु लाभबाट आंशिक जीवित लाभको रुपमा भुक्तानी गरिएको बीमांकको ४० प्रतिशत रकम कटौती गरिनेछैन।
  • यस बीमा योजनाको बीमा अवधि १२, १४, १६, १८, २०, र २२ वर्ष र न्यूनतम जारी उमेर ३१  दिन, अधिकतम ६० वर्ष रहेको छ।
  • यस योजनाको न्यूनतम बीमांक रकम रु २५०,००० र अधिकतम बीमांक रु ५०,०००,००० रहेको छ ।
  • बीमितहरूले आफ्नो आवश्यकताहरूको आधारमा वार्षिक, अर्ध–वार्षिक, र त्रैमासिक रूपमा बीमाशुल्क तिर्न सक्छन् । यस योजनाले नगद समर्पण, बीमालेख ऋण सुविधा र बीमालेख जफत नहुने प्रावधानको विकल्पहरू चुक्ता बीमालेख र स्वतःबीमाशुल्क ऋण जस्ता विशेष प्रावधानहरू समावेश गरी थप लाभहरू प्रदान गर्दछ ।
  • अतिरिक्त बीमा रक्षावरणको लाभ लिन चाहनेहरुका लागि, यस योजना अन्र्तगत व्यत्तिगत दुर्घटना सुरक्षा लाभ, पुर्ण तथा स्थायी अशक्तता भएमा बीमा शुल्क छुट र गम्भीर रोग सम्बन्धि घातक बीमारी पूरक करारहरु संलग्न गर्न सक्छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन लाइफद्वारा नयाँ बोनसदर सार्वजनिक

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ …

प्रतिकृया दिनुहॊस