हिन्दू राष्ट्र र राजसंस्थाको वकालत गछौं, हेप्ने–होच्याउने काम नहोस् : धवलसमशेर जवरा

काठमाडौं । सांसद् धवलशमशेर जवराले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई होच्याउने काम नगर्न चेतावनी दिएका छन् । प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद् जवराले राप्रपालाई प्रहार नगर्न अन्य राजनीतिक दलका सांसद्लाई आग्रह गरेका हुन् ।

जवराले भने, ‘राप्रपामाथि प्रहार भयो । राप्रपा सानो होला तर, हामी नेपाली जनताको मनमा भिजेका छौं । सनातन हिन्दू राष्ट्र र राजसंस्था कायम गर्न आएका छौं ।’

जवराले राजासहितको प्रजातन्त्र स्थापना गर्न आएको बताए । जवराले थपे, ‘त्यो कुरा संविधानले रोक्दैन । बोल्न पाउनु पर्छ । हामीलाई हेप्ने र होच्याउने काम नहोस् । समयमा कार्यान्वयन हुन्छ । यही व्यवस्था र संविधानभित्र रहेर हामी यहाँ आएका छौं ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आइतबार उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा

काठमाडौं । सरकारले आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ । आइतबार रातो …

प्रतिकृया दिनुहॊस