प्रेमप्रसाद आत्मदाह प्रकरण: प्रहरीले लियो भाटभटेनीका सञ्चालकको बयान

काठमाडौँ । प्रहरीले प्रेमप्रसाद आचार्य आत्मदाह प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग बयान लिएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि आफैँलाई पेट्रोल छर्केर आत्मदाह गरेका आचार्यको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान थालेसँगै आचार्यले उल्लेख गरेका व्यक्तिहरूसँग बयान लिन थालेको हो ।

आत्मदाह गर्नुअघि आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेका थिए जसमा उनले आफूले पाउनुपर्ने रकम नदिएको आरोप लगाएका व्यक्तिहरूमाथि प्रहरीले सोधपुछ सुरु गरेको हो । आचार्यले भाटभटेनीलगायतलाई उधारोमा सामान दिइरहनुपरेको तर त्यो सामान बेचेर पैसा अन्यमा घुमाएर अरू मुनाफा कमाएपछि मात्र बल्ल उत्पादकलाई दिने गरेको उल्लेख गरेका थिए । उनले लेखेका थिए, ‘धनी पैसाले नै उक्लेको उक्ल्यो, गरिब थिचिएको थिचियै ।’

आचार्यका अनुसार भाटभटेनीले ३० प्रतिशत मार्जिन मागेको लगायतका विषयमा पनि उल्लेख गरेकाले सोही विषयमा पनि प्रहरीले सोधपुछ गरिरहेको बताइएको छ । स्टाटसमा उल्लेख भएका अन्यसँग पनि प्रहरीले बयान लिने प्रहरीले बताएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुँदै

काठमाडौँ । हिमाल मल्टिमिडियाको आयोजनामा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुनेभएको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds