काठमाडौं । गुल्मीमा हात-खुट्टा बाँधिएको अवस्थामा आफ्नै घरभित्र एक महिलाको शव भेटिएको छ । मुसिकोट नगरपालिका-७ वामिटक्सारमा ५७ वर्षीया गंगा शेरचनको शव घरभित्रै फेला परेको हो ।
शव घरभित्रै रहेको र बाहिरबाट हेर्दा हात-खुट्टा बाँधेको अवस्थामा देखिएको मुसिकोट-७ का वडाध्यक्ष हरिहर सापकोटाले जानकारी दिए । उक्त घरमा उनी होटल चलाएर एक्लै बस्ने गर्दथिन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली पुगेको छ ।
घटनाबारे अनुसन्धान भइरहेको गुल्मीका डीएसपी माधवराज खरेलले बताए । घटनाको अनुसन्धानको लागि कुकुर ल्याउने तयारी पनि भएको छ ।
तपाईंको प्रतिकृया




