रवि लामिछाने नागरिकता पुनः प्राप्तिका लागि प्रशासनमा

काठमाडाैँ । रवि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेका छन् । शुक्रबार सर्वोच्च अदालतले गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि उनी नागरिकता पुनः प्राप्तिका लागि प्रशासन पुगेका हुन् ।

उनका स्वकीय सचिव प्रकाश सिग्देलकाअनुसार प्रशासनमा पुगेका रविले आवश्यक प्रक्रिया पूरा गर्नेछन् । उनले अमेरिकी नागरिकता त्यागेको पुष्टि हुने निस्सासहितका फाइल तयार गरेका छन् । लामिछानेले नागरिकता लिनका लागि गृह मन्त्रालयसँगसमेत परामर्श गरेका थिए । गृहले नियमित प्रक्रियाबाट नागरिकता पुनः प्राप्ति गर्न  सकिने बताएपछि उनी सोहीबमोजिम प्रशासन गएका हुन् ।

उनका दाइ हरिशरण लामिछाने पनि रविसँगै प्रशासन पुगेका थिए ।  सर्वोच्चको फैसलामा उनले नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा गर्नुपर्ने मात्रै भनेकाले सोहीअनुसार सामान्य प्रक्रियाबाट नागरिकता पुनः प्राप्ति गर्ने तय भएको हो । अमेरिकी नागरिकता त्यागेको कुरा सत्य भएपनि त्यसपछि उनले पुरानो नागरिकता आफूखुसी प्रयोग गरेको पुष्टि भएको थियो । त्यही नागरिकता उनले प्रक्रिया पूरा गरेर ब्युँताउन लागेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री