काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र जर्मन होम्स हस्पिटालिटीबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ । सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डवाहकले जर्मन होम्स हस्पिटालिटीका विभिन्न सेवामा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।
सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यम प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय-समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ
तपाईंको प्रतिकृया




