काठमाडौं – बानेश्वर संसद् भवनअगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यलाई कृषि शहिद घोषणा गर्न परिवारले माग गरेका छन् । परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रचण्डलाई १० बुँदे मागसहित पत्र पठाएका हुन् ।
माग पत्रमा आचार्यले उठाएका २५ बुँदे सुझाव सम्बोधन हुनु पर्ने, नाबालक सन्तानलाई उनीहरूले चाहेको विद्यालय शिक्षादेखि नि: शुल्क उच्च शिक्षासम्मको ग्यारेन्टी राज्यले गर्नुपर्ने माग गरिएको छ ।
आचार्यले गत मंगलबार गत मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले शरीरमा आगो लगाएर आत्मदाह प्रयास गरेका थिए । उनको उपचारका क्रममा र्कीतिपुरस्थित बर्न अस्पतालमा बुधबार निधन भएको थियो ।
तपाईंको प्रतिकृया



