लियो क्लब अफ इन्टरप्रेनियर्सले शेयर बजारसम्बन्धी वर्कशप गर्ने

काठमाडौं । लियो क्लब अफ इन्टरप्रेनियर्स नेपालले शेयर बजार सम्बन्धी एक दिने अभिमूखीकरण वर्कशप गर्ने भएको छ । शुक्रबार बिहान ११ बजेदेखि उक्त शेयर बजार सम्बन्धी वर्कशप हुने क्लबका अध्यक्ष मनोज विश्वकर्माले जानकारी दिए ।

नयाँ बानेश्वरस्थित एक्सेल बिजनेश कलेजमा हुने उक्त वर्कशपमा क्लबका सदस्यदेखि विद्यार्थी समेतको सहभागिता रहने समेत उनले बताए ।

उक्त वर्कशपमा सिद्धार्थ क्यापिटल लिमिटेडकी फण्डामेण्टल एनालिस्ट नमिता कट्टेलले प्रशिक्षण दिनेछन् । क्लबले विभिन्न सामाजिक कार्यहरूमा सक्रियताका साथ सहभागिता जनाउँदै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री