पूर्व प्रधानन्यायाधीश कार्कीको टिप्पणी : राष्ट्रपति भण्डारी राजा जस्तै भइन्

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारी राजा जस्तै भएको टिप्पणी गरेकी छिन् ।

काठमाडौँमा प्रेस काउन्सिल नेपाल, नेपाल कानून समाज लगायतका संस्थाले संयुक्त रूपमा आयोजना गरेको आम निर्वाचन २०२२ को मिडिया अनुगमन प्रतिवेदनसम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीमा बोल्दै पूर्व प्रधानन्यायाधीश कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण आफूले दुःख पाएको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् ।

उनले आयोगको कार्यक्रममा आउँदा राष्ट्रपतिको सवारीका कारण आफू लामो बाटो घुमेर आउनुपरेको उल्लेख गरिन् । उनले राजाले ठिक गरेनन् भनेर आउने मान्छेहरू पनि राजा जस्तै भएको टिप्पणी गरिन् ।

पूर्व प्रधानन्यायाधीश कार्कीले पुराना प्रतिनिधिहरूको मानसिक विकास हुन नसकेको भन्दै गत निर्वाचनबाट युवाहरू आउनु सकारात्मक भएको बताइन् । राम्रो व्यक्तिहरूलाई प्रतिनिधि बनाउन सकिएमा मुलुकले राम्रो बाटो पाउने उनले बताइन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री