प्रेम आचार्यले फेसबुकमा नाम लिएका व्यक्तिविरुद्ध स्वागत नेपालले दिए जाहेरी

काठमाडौं । संसद् भवन बाहिर आत्मदाह गर्नुअघि इलामका प्रेमप्रसाद आचार्यले फेसबुकमा नाम लिएका व्यक्तिविरुद्ध जाहेरी दर्ता भएको छ । अधिवक्ता स्वागत नेपालले बिहीबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएका हुन् ।

आत्महत्या दुरुत्साहनको कसुरमा जाहेरी दर्ता भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए । मंगलबार संसद् भवन बाहिर पेट्रोल खन्याएर शरीरमा आगो लगाएका आचार्यको बुधबार बिहान मृत्यु भएको थियो ।

इलामको सूर्योदय नगरपालिका-११ का ३७ वर्षीय आचार्यले आत्मदाह गर्नुअघि आचार्यले फेसबुक ६ हजार ३३५ शब्दको एक पोस्टमार्फत नाम लिएका व्यक्तिहरुविरुद्ध जाहेरी दर्ता भएको हो । आफ्नो लाखौँ पैसा बजारमा फस्दा ६० लाखभन्दा बढी ऋण लागेर व्यवसाय नै डुब्न पुगेपछि आफूले आत्मदाहको निर्णय लिएको उनले उक्त पोस्टमा उल्लेख गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री