विवाह बन्धनमा बाँधिए आथिया र केएल राहुल

एजेन्सी । अभिनेत्री आथिया शेट्टी र क्रिकेटर केएल राहुल विवाह बन्धनमा बाँधिएका छन् । उनीहरूले सोमबार सुनिल शेट्टीको खन्डाला घरमा विवाह गरेका हुन् ।

विवाहमा कलाकार र खेल गतका व्यक्तिहरूको उपस्थिति थियो । आथियाले आफ्नो इन्स्टाग्राममा विवाहको केही तस्बिर समेत सार्वजनिक गरेकी छन् ।

जसमा दुवैले एकअर्कोको हात समाएर फेरो लगाएको देख्न सकिन्छ । तस्बिरका साथ उनले राहुलको उज्यालोमा माया गर्न सिकेको समेत बताएकी छन् । आथिया शेट्टीका एल राहुलले निकै रोमान्टिक स्टाइलमा खिचिएका तस्बिरहरू अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सुनील शेट्टीले आफ्नी प्यारी छोरीलाई आफ्नै खण्डालाको घरबाट बिहे गरेका थिए, किनभने सुनील शेट्टीले आफ्नी छोरीको बिदाई होटेलबाट नभई घरबाटै होस् भन्ने चाहन्थे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पूजालाई समीक्षाको आग्रह- म तपाईँलाई दिदी मान्छु, यसरी पीडा नदिनुस्, प्लिज !

काठमाडौं । गायिका समीक्षा अधिकारीले फिल्म चलाउन आफूलाई बारम्बार प्रहार नगर्न अभिनेत्री पूजा शर्मालाई चेतावनी …

प्रतिकृया दिनुहॊस