स्मार्टच्वाइस टेक्नोलोजिज र माछापुच्छ्रे बैंकबीच एससीटी युपीआई डेबिट कार्डका लागि सम्झौता

काठमाडाैं । भुक्तानी प्रणाली सञ्चालक स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) तथा माछापुच्छ्रे बैंकबीच एससीटी युपीआई डेबिट कार्ड सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ।

सम्झौता पत्रमा स्माटच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख डिजिटल बैंकिङ्ग अधिकृत माधव सुवेदीले हस्ताक्षर गरेका छन् ।

विगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरिय सेवा दिँदै आएको स्मार्टच्वाइस टेक्नोलोजिज र स्थापनाकालदेखि नै ग्राहकहरुको पहिलो रोजाइ बनेको माछापुच्छ्रे बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ।

सम्झौतापश्चात् माछापुच्छ्रे बैंकका ग्राहकहरुले एससीटी युपीआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्नेछन्।

एससीटी युपीआई सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटीएम, पोस, इकमर्स जस्ता सेवा सजिलै लिन सक्नेछन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप