पोखरा विमान दुर्घटना : १४ जनाकाे शव पहिचान नहुँदा डीएनए परीक्षण गरिँदै

काठमाडौं । गत आइतबार पोखरामा भएको विमान दुर्घटनाका मृतकमध्ये १४ जनाको शव पहिचानका लागि डीएनएमा जाने भएको छ । काठमाडौं ल्याइएका ४८ शवमध्ये १४ जनाको पहिचान खुल्न बाँकी छ ।

शनिबार पहिचान भएकामध्ये केही शव आफन्तले बुझेका छन् । केही शव पछि बुझ्ने बताएका छन् । पहिचान हुन नसकेका १४ शवको आइतबार फिङ्गर प्रिन्ट गरिनेछ ।

शव पूरै डढेकाले फिङ्गर प्रिन्ट गर्न पनि समस्या देखिएको छ, त्रिवि शिक्षण अस्पताल फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीले भने, ‘आइतबार सकेसम्म फिङ्गर प्रिन्ट गर्न कोसिस गर्नेछौँ, यदि फिङ्गर प्रिन्ट सम्भव नभएमा डीएनएमा जानुको विकल्प छै न ।’

डा. चौधरीले फिङ्गर प्रिन्टका लागि शव पूर्ण रूपमा जलेकोले समस्या पर्ने देखिएको बताए । उनले ४८ मध्ये ३४ शवको पहिचान खुलिसकेको बताए । दुर्घटनामा परेका सबै विदेशीको दाँत, कपडा, फिङ्गर प्रिन्टको सहायतमा पहिचान भइसके को बताए । बाँकी १४ शव भने ने पालीका रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री