काठमाडौं । विद्यमान कानुनी व्यवस्था, मौद्रिक नीति तथा राष्ट्र बैङ्कको निर्देशन उल्लङ्घन गर्ने केही विकास बैङ्क र वित्त कम्पनीलाई नेपाल राष्ट्र बैङ्कले जरिवाना तिराएको छ ।
राष्ट्र बैङ्कले बुधबार एक सूचना जारी गर्दै चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा भएको सुपरिवेक्षणका आधारमा कारबाही गरिएको जनाएको छ । कारबाहीमा परेका विकास बैङ्क र वित्त कम्पनीलाई हर्जाना तिराइएको छ ।
राष्ट्र बैङ्कका अनुसार कर्णाली डेभलपमेन्ट बैङ्क, सालपा विकास बैङ्क, कर्पोरेट डेभलपमेन्ट बैङ्क, सिन्धु विकास बैङ्क, नारायणी डेभलपमेन्ट बैङ्क र सप्तकोसी डेभलपमेन्ट बैङ्कलाई कारबाही गरिएको हो ।
त्यसैगरी वित्त कम्पनीतर्फ प्रोग्रेसिभ फाइनान्स लिमिटेड, नेपाल फाइनान्स लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडले पनि सीडी रेसियो कायम गर्न नसक्दा हर्जाना तिर्नुपर्ने भएको छ ।




