फेरि विदेशिए दुई खेलाडी

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी रञ्जन विष्ट र नेपालका उदीयमान मिडफिल्डर नितिन थापा आफ्नो भविष्यका सुरक्षित बनाउनका लागि अस्ट्रेलिया प्रस्थान गरेका छन् ।

उनीहरू बुधबार अस्ट्रेलियातर्फ प्रस्थान गरेका हुन् । दुवैले अस्ट्रेलियामा रहेको नेपाली एमेच्योर क्लब बेनी एफसीबाट खेल्नेछन् ।

नेपालले सन् २०१६ को एएफसी सोलिडारिटी कप जित्दा रञ्जन नेपाली राष्ट्रिय फुटबल टोलीमा थिए। यसैगरी नितिनले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुतइरीको कार्यकालमा डेब्यु गरेका हुन् । नितिन १३ औँ सागमा नेपालको यु-२३ टोलीले स्वर्ण जित्दा महत्त्वपूर्ण सदस्य थिए।

पछिल्लो समय सुरक्षित भविष्य खोज्दै अस्ट्रेलिया पलायन हुने नेपाली खेलाडीको सङ्ख्या बढिरहेको छ । सोमबार मात्र नेपाली राष्ट्रिय टोलीका नियमित सदस्य दिनेश राजवंशी, तेज तामाङ र गौतम श्रेष्ठ अस्ट्रेलिया पुगेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रोनाल्डोले चार लिगमा जिते गोल्डेन बुट, बन्यो कीर्तिमान

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा गोल्डेन बुट जितेका छन् । यस सिजनको साउदी …

प्रतिकृया दिनुहॊस