सभामुखमा एमाले सांसद देवराज घिमिरेको मनोनयन दर्ता

काठमाडौं । नेकपा एमालेका सांसद देवराज घिमिरेले प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दर्ता गराएका छन् । नयाँ बानेश्वरस्थित संसद भवन पुगेर सत्ता गठबन्धनबाट घिमिरेले सभामुखमा उम्मेदवारी दर्ता गराएका हुन् ।

सुवास नेम्वाङ प्रस्तावक, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे समर्थकमा घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन् । घिमिरे झापा २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् । सभामुखको निर्वाचन भोलि हुँदैछ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री