भारतमा कैलालीका युवक हत्या

काठमाडाैँ । कैलालीको लम्कीचुहा–६ वावनपुरका एक युवकको भारतको महाराष्ट्रमा हत्या भएको छ । रोजगारीको सिलसिलामा भारत महाराष्ट्रको आलिबागमा बस्दै आएका १८ वर्षीय कमल विकको आफ्नै साथीहरुले हत्या गरेको आशङ्का गरिएको मृतककी आमा पार्वती कामीले बताइन् ।

गत पुस २६ गते रोजगारीको सिलसिलामा भारतको आलिबागमा रहेका छोराको बीभत्स हत्या गरिएको भन्दै आमा उनले वावनपुर घर भई आलिबागमा बस्दै आएका सागर विक, टोपु विक, मनोज विक र सन्तोष बादीको नाममा किटानी जाहेरी दिनाका साथै यही माघ १ गते भारतको महाराष्ट्र राईगढ जिल्ला आलिबाग ठाना प्रहरीमा पनि उजुरी दिएको बताइन् । हत्यामा संलग्न टोपु विक र मनोज विक सहोदर दाजुभाइ हुन् । छोराको मृत्युको खबर सुनेपछि गत पुस २७ गते नेपालबाट आफू भारत गएको र हत्या नै भएको पुष्टि भएपछि किटानी जाहेरी दिएको पार्वतीले जनाइन् ।

उनले भनिन्, ‘छोरासँगै होटेलमा काम गर्ने नातामा मामा पर्ने सागर विकले छोराको हत्या भएको जानकारी दिएपछि हामीले थाहा पायौँ । केही समयपछि सामाजिक सञ्जालमा छोराको फोटा र भिडियो पनि बाहिरिएको थियो । फोटा र भिडियोमा पनि प्रस्टरुपमा हत्या भएको देखियो । घटनापछि भारतमा पुग्दा र घटनास्थलमा बुझ्दा नेपाल घरमा फोन गरेर हत्या भएको जानकारी दिने सागर विक नै हत्यामा संलग्न रहेको पाइयो ।’

उनले भनिन्, ‘जुन दिन रातको समयमा हत्या भयो त्यही दिन दिउँसो घरमा छोराले फोन गरेको थियो । आफू सन्चै रहेको र तलब आएपछि पैसा पठाइदिन्छु भनेको थियो । अर्को दिन त छोराको हत्या भएको खबर सुनियो ।’ एउटा मात्र छोराको बीभत्सरुपले हत्या गरिएकाले दोषीलाई कारबाही गरी न्याय दिलाउन पार्वतीले नेपाल सरकारसँग अनुरोध गरिन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आमाछोरा एकै ठाउँमा मृत फेला

काठमाडौं । इलाममा आमाछोरा झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । जिल्लाको इलाम नगरपालिका २ सुम्बेक …

प्रतिकृया दिनुहॊस