रियललाई हराउँदै बासाले हात पार्‍यो सुपर कप उपाधि

काठमाडाैँ । चीर प्रतिद्वन्द्वी रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले स्पेनिस सुपरकपको उपाधि हात पारेको छ । रियललाई ३–१ गोलले हराउँदै जाभीले म्यानेजरको रूपमा पहिलो उपाधि हासिल गरेका हुन् ।

साउदी अरबमा भएको खेलमा बार्साले पूर्ण नियन्त्रण बनाएको थियो । १८ वर्षीय गाभीले रोबर्ट लेवान्डोस्कीको पासमा टोलीलाई अग्रता दिलाए । लेवान्डोस्कीले हाफटाइम अघि अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा गाभीले पेड्रीका लागि गोलको अवसर सिर्जना गरे । खेलको अन्त्यतिर करिम बन्जेमाले सान्त्वना गोल फर्काए । रियलका गोलकिपर थियाबट कोर्टवाले बार्साका थुप्रै प्रयासहरूलाई असफल बनाएका थिए । जीतसँगै बार्साले सबैभन्दा प्रतियोगितामा अपराजित यात्रालाई ९ खेल पु¥याएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रोनाल्डोले चार लिगमा जिते गोल्डेन बुट, बन्यो कीर्तिमान

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा गोल्डेन बुट जितेका छन् । यस सिजनको साउदी …

प्रतिकृया दिनुहॊस