आज गोरु जुधाउने प्रतियोगिता हुँदै

काठमाडाैँ । माघे संक्रान्तिका अवसरमा देशका विभिन्न स्थानमा गोरु जुधाइ प्रतियोगिता हुँदैछ । नुवाकोट, रसुवा, धादिङ, तनहुँलगायतका स्थानमा यो प्रतियोगिता हुँदैछ ।

यस वर्ष रसुवाको वेत्रावतीमा नौ हल जुधाइने भएको छ । यस्तै जिल्लाभर भने पचास हल भन्दा बढी गोरुजुधाई हुने आयोजकहरूले बताएका छन् । नेपालकै एकमात्र मौलिक प्रतियोगिता र परम्परा मानिने गोरु जुधाई जात्रा फरक नमुनाको रुपमा लिने गरिन्छ ।

करिब एक सय पचास बर्ष पहिले नुवाकोट तारुकाबाट सुरु गरिएको गोरु जुधाई जात्रा अहिले सांस्कृतिक पर्वकै रुपमा बिभिन्न जिल्लामा मनाउन लागिएको छ । चाकु, तरुलजस्ता मिठामिठा परिकार खाएर मनाइने यो पर्व गोरुको घमासान घम्साघम्सी भएको मनोरञ्जन लिन रसुवा र नुवाकोट जिल्लाको सिमाना रहेको ऐतिहासिक धार्मिक तिर्थस्थल वेत्रावतीमा बर्षौ देखि हजारौंको संख्यामा मानिसहरू आउने गरेका छन् ।

गोरु पाल्ने किसानहरूको हकहित र नेपालको कृषि तथा पशु पर्यटन तथा आन्तरिक एवं वाह्य पर्यटनमा बृद्धि गर्दै मौलिक संस्कृति, परम्पराको जर्गेनामा समेत सहयोग पुग्ने अपेक्षा आयोजकले गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री