गण्डकीको सभामुखमा माओवादीका कृष्ण धिताल निर्वाचित

काठमाडौं ।  गण्डकी प्रदेशको सभामुखमा माओवादीका कृष्ण प्रसाद धिताल निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा धितालले ३२ मत पाए । उनको विपक्षमा २६ मत परेको छ । १ सांसद उपस्थित भएनन् ।

मुख्यमन्त्रीलाई भोट नहालेका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले पनि धिताललाई भोट हालेका छन् । सभामुखमा कांग्रेसले पनि उम्मेदवारी दिएको थियो ।

कांग्रेसकी सरस्वती अर्याल तिवारीले उम्मेदवारी दिएकी थिइन् । सुरुमा उम्मेदवारी दर्ता गरेका धिताल निर्वाचित भएपछि अर्यालको उम्मेदवारीमा मत विभाजन भएन । धिताल गोरखा १ (क)बाट निर्वाचित भएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री