काठमाडाैं । प्रदेश सभाले प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्वाचित भएको छ ।
प्रदेश सभा नियमावली २०७४ संशोधन सहित नियम ७ उपनियम ३ बमोजिम बाबुराम गौतमलाई सभामुख पदमा निर्वाचित गर्न नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीको प्रस्तावमा ४ जना सांसदले समर्थन गरे ।
नेकपा माओवादी केन्द्रका सांसद गौतमलाई एमाले, जसपा र एकीकृत समाजवादीको साथ छ । एकजनाको मात्र प्रस्ताव परेपछि गौतम सभामुखमा निर्विरोध निर्वाचित भएका हुन् ।
तपाईंको प्रतिकृया




