महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ति वितरण

काठमाडाैँ । महालक्ष्मी विकास बैंकले श्री त्रिभुवन हनुमान माध्यमिक विद्यालय, वीरगञ्ज, पर्सामा कक्षा आठमा अध्यनरत छात्र श्री जीवन राजवंशीलाई हिरा गिरी जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ।

महालक्ष्मी फाइनान्सका संस्थापक अध्यक्ष स्व. श्री हिरा गिरीको स्मृतिमा स्थापित हिरा गिरी जेहेन्दार छात्रवृत्ति बैंकका सञ्चालक समितिका सदस्य श्री सञ्जय गिरीले विद्यार्थीका अभिभावक भावरलाल पारिकलाई हस्तान्तरण गरेका हुन्।

अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्यापनमा सहयोग पुर्‍याउने उद्देश्यले रु पचास हजार बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ।

उक्त कार्यक्रममा बोल्दै बैंकका सञ्चालक समितिका सदस्य श्री सञ्जय गिरीले विद्यार्थीहरू देशका कर्णधार भएकाले गुणस्तरीय शिक्षा अपरिहार्य रहेको कुरा व्यक्त गरे।

विद्यालय व्यवस्थापनका अध्यक्ष श्री गोपाल केडियाले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्तिले गुणस्तरीय शिक्षामा टेवा पुर्‍याउने बताउँदै बैंकले गरेको सहयोगप्रति कृतज्ञता जाहेर गरे।

आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरूलाई थप प्रभावकारी रूपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ।

महालक्ष्मी विकास बैंकले ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस