सरकारले घरायसी उपभोक्तालाई ५० युनिटसम्म बिजुली नि:शुल्क दिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमदल दाहाल प्रचण्डले घरायसी उपभोक्ता(गार्हस्थ उपभोग)का लािग ५० युनिटसम्म बिजुली निःशुल्क दिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधि सभामा मंगलबार विस्वासको मत माग्ने क्रममा सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘गार्हस्थ उपभोगका निम्ति वर्षायाममा मासिक ५० युनिट र हिउँदयाममा मासिक ३० युनिट विद्युत निःशुल्क उपलब्ध गराइनेछ,’ आफ्नो सम्बोधनमा उनले उल्लेख गरेका छन् ।

पाँच वर्षमा विद्युत उत्पादन क्षमता ६ हजार ५०० मेगावाट पुर्याउने र प्रतिव्यक्ति विद्युत खपत ७०० किलोवाट घण्टा पुर्याउने लक्ष्य सरकारले लिन लागेको समेत उनले बताए ।

त्यस्तै, विद्युत् महसुलको समायोजन गर्दै एक वर्षभित्रै शतप्रतिशत नागरिककहाँ बिजुली पुर्याइने प्रतिवद्धता समेत उनले जनाएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

साताको पहिलो दिन कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको भाउ स्थिर रहेको छ । शुक्रबार छापावाला सुन …

प्रतिकृया दिनुहॊस