फेरि बढ्यो सुनको भाउ, पुग्यो १ लाख ४ हजार नजिक

काठमाडौं । साताको पहिलो दिन तोलामा एक हजार रूपैयाँले उकालो लागेको सुनको मूल्य सोमबार पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ६ सय रूपैयाँ बढेर एक लाख तीन हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको हो ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आइतबार तोलामा एक लाख २ हजार ८ सय रूपैयाँ कायम भएको तेजाबी सुन आज प्रतितोला एक लाख तीन हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी १० रुपैयाँले बढेर १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री