एमालेका हिक्मत कार्की प्रदेश-१ को मुख्यमन्त्री नियुक्त

काठमाडौं । प्रदेश-१ को मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम कार्कीलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको । संविधानको धारा १६८ को उपधारा २ मा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

कार्कीले नेकपा (माओवादी केन्द्र), राप्रपा र जसपाको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए । प्रदेश-१ मा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका एक सांसद छन् । कार्की ६० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप