‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्षमा प्रियंका कार्की

काठमाडाैं । हास्य कलाकार जितु नेपालले कमेडी सो ‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो सिजन सुरु गर्न लागेका छन् । नयाँ सिजनका लागि अध्यक्षमा अभिनेत्री प्रियंका कार्की रहने भएकी छन् ।

सोको नयाँ अध्यक्षमा प्रियंका फाइनल भएको कलाकार नेपालले बताएका छन् । यसअघि सोको सुरुको सिजनमा दीपाश्री निरौला र दोस्रो सिजनमा करिश्मा मानन्धर अध्यक्षको भूमिकामा थिए ।

अब सुरु हुने सोमा केही कलाकार समेत नयाँ हुनेछन् । जसमा दमन रुपाखेती, श्याम राना, दिनेश काफ्ले, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा र एलिना बास्कोटा ‘सान्नानी’ रहेका छन् ।

माघबाट सुरु हुने सोको कार्यक्रम संयोजकमा सुमन गिरी भाञ्जा रहनेछन् । ५२ भाग प्रसारण हुने सोका लागि अहिले सेट डिजाइन कार्य भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सौगात अभिनीत ‘बम बहादुर’को टिजर सार्वजनिक (भिडिओ)

काठमाडौँ । अभिनेता सौगात मल्लको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘बम बहादुर’को टिजर सार्वजनिक गरिएको …

प्रतिकृया दिनुहॊस