काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको छ।
बिहिबार प्रति तोला १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ८ सयले घटेर प्रति तोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले घटेको हो । बिहिबार चाँदीको मूल्य प्रति तोला १ हजार ८५ सय रुपैयाँमा कारोबार भएको थियो ।
तपाईंको प्रतिकृया




