आज सुनको मूल्य यो वर्षकै उच्च, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार १ सय कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख २ हजार ९ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ सयले बढेको हो ।

यो मूल्य गत आठ महिना यताकै उच्च हो । मंगलबार सुनको कारोबार मूल्य प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ निर्धारण भएको थियो । यसअघि गत वैशाख ५ गते प्रतितोला १ लाख २५ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६ सय छ । यसको मूल्य अघिल्लो दिन १ लाख २ हजार ४ सय थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनचाँदीकै मूल्यले कायम गर्‍यो नयाँ कीर्तिमान

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम निरन्तर जारी छ । मंगलबार सुनको मूल्य …

प्रतिकृया दिनुहॊस