‘गठबन्धन टुट्नु र प्रचण्डले छोडेर जानुमा कांग्रेस दोषी छैन’

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अहिलेको सत्ता गठबन्धनलाई अवसरवादी भएको आरोप लगाएका छन् । पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो आरोप लगाएको हुन् ।

गठबन्धनभित्र पदहरू मात्रै भएको तर भागवण्डा नमिलेको उनको भनाइ छ । ‘अहिलेको गठबन्धन अवसरवादी हो । राजावादी, संविधानविरोधी, संघीयता विरोधी विभिन्न रूपको पार्टी मिलेर गठबन्धन बनेको छ । त्यहाँ पदमात्र छ । पदको भागवण्डा मिलेको छैन । यो विशुद्ध पदपूर्ति गर्ने गठबन्धन हो । गठबन्धनको आयु छोटिने सम्भवाना देखेका छौं,’ महतले भने ।

उनले गठबन्धन फुट्नुमा काँग्रेसको कुनै दोष नरहेको स्पष्ट पारेका हुन् । ‘प्रचण्ड जानुमा कांग्रेसको कुनै दोष छैन,’ प्रवक्ता महतले भने, ‘प्रचण्डलाई प्रधानमन्त्री बनाउनेबारेमा पार्टीमा दोस्रो चरणको छलफल गर्न नपाउँदै प्रचण्ड गए ।’

सत्ताबाट बाहिरिएपछि पहिलो पटक पत्रकार सम्मेलन गरेर महतले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रतिवद्धताबाट पछि हटेको आरोप लगाए । ‘प्रतिवद्धताबाट हामी हटेको होइनौं,’ प्रतिनिधिसभा सदस्य समेत रहेका कांग्रेस प्रवक्ता डा. महतले भने, ‘प्रचण्डजी हटनु भएको हो ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री