काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र पुरानो वानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालबीच छुट सम्बन्धी समझदारी भएको छ । समझदारीपत्रमा हस्ताक्षरसँगै सिटिजन्स बैंकका कार्ड बाहकहरूले फ्रन्टलाइन अस्पतालबाट दिइने सेवाहरूमा १३ प्रतिशतसम्मको छुट पाउने भएका हुन् ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । सिटिजन्स बैंकले भारतको दिल्लीस्थित मेदान्त अस्पताललगायत मुलुकको करिब २५ अस्पतालसँग छुट सहकार्यको सम्झौता गरेको बताइएको छ ।
सिटिजन्स बैंकले १८० शाखा, तीन वटा विस्तारित काउण्टर, १३३ वटा एटीएम र ९७ शाखारहित बैंकिङ्ग इकाईहरूबाट सेवाहरु प्रदान गर्दै आएको छ
तपाईंको प्रतिकृया




