क्यासिनो कम्प्लेक्समा आगलागीका कारण मृत्यु भएका निराकारको शव नेपाल ल्याउने तयारी

काठमाडौँ । कम्बोडियाको पोइपेट सहरमा रहेको ग्राण्ड डायमण्ड सिटी होटल तथा क्यासिनो कम्प्लेक्समा गत वुधबार भीषण आगलागीका कारण मृत्यु भएका झापा विर्तामोडका निराकार पाण्डेको शव नेपाल ल्याउने तयारी भएको छ ।

क्यासिनो कम्प्लेक्समा आगलागी हुँदा निराकार १७ तले उक्त भवनको १२औँ तलामा थिए। बिहीबार राति उक्त आगलागी भएको थियो। भवनमा आगलागीको कारण यकिन नभए पनि विद्युत् सर्ट भई आगो लागेको हुनसक्ने बताइएको छ ।

परिवारसँग लामो कुरा गरेपछि उनले होटेलबाट हाम फालेका थिए। उनका बुबा अग्निका अनुसार शव नेपाल ल्याउने प्रयास भइरहेको छ । उनका अनुसार छोराको शव नेपाल ल्याउन कम्बोडियामा रहेका नेपालीहरु पनि जुटेका छन् ।

शुक्रवार नेपालमा तमु ल्होसारको अवसरमा सार्वजनिक बिदा भएको र शनिवार नियमित सरकारी बिदा हो । आइतबार कम्बोडियामा नयाँ वर्ष भएकाले बिदा नै हुन्छ । सो कारण उनको शव नेपाल ल्याउने प्रक्रिया सुरु हुन केही दिनलाग्ने परिवारले जनाएको छ । रोयटर्सका अनुसार उक्त घटनामा कम्तीमा पनि २७ जनाको मृत्यु भएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री