सात दलीय सत्ता-साझेदार दलका शीर्ष नेताहरूको बैठक

काठमाडौँ । ७ दलीय सत्ता-साझेदार दलका शीर्ष नेताहरूको बैठक आज दिउँसो बस्दै छ । बैठकमा मन्त्रिपरिषद् गठन र मन्त्रीहरूको कार्यविभाजनबारे छलफल हुनेछ ।

बैठक आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ । बैठकमा उपराष्ट्रपति, उपसभामुख, मन्त्री तथा प्रदेश मुख्यमन्त्री लगायतका पदहरू विभाजन हुने जनाइएको छ । कांग्रेससँग गठबन्धन तोडेको नेकपा माओवादी केन्द्रले एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री पद पाएको छ ।

तर अझै अन्य धेरै पदहरू भागबन्डा गर्न बाँकी नै छ । बुधबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शक्ति बाँडफाँडका सम्बन्धमा प्रारम्भिक छलफल भएको थियो । यद्यपि गठबन्धनमा ७ दल भएका कारण सत्ता गठबन्धनको बैठकबाट निष्कर्ष निकालिने भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एकसाथ ४८ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले एकसाथ ४८ जना उपसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र …

प्रतिकृया दिनुहॊस