काठमाडौं । सत्ता गठबन्धनको बैठकमा विवाद भएको छ । रवि लामिछानेलाई गृहमन्त्री दिएको विषयमा गठबन्धनभित्र विवाद उत्पन्न भएको हो ।
आइतबार बालकोटमा भएको सत्ता गठबन्धनको बैठकले गृह मन्त्रालय माओवादी केन्द्रको भागमा पारेको भएपनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिइएको छ । गृह मन्त्रालय नपाए आफूहरू सरकारमै नजाने धम्की रवि लामिछानेले दिएपछि उनलाई गृहमन्त्री बनाउन आफू बाध्य भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ब्रिफिङ गरेका छन् ।
बालकोट बैठकले आइतबार नै प्रायः मन्त्रालयको बाँडफाँट मिलाएको भएपनि सोमबार बिहानै रविले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय नपाए सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने अडान लिएका थिए । सोही कारण उनलाई उपप्रधानसहित गृह मन्त्री बनाइएको बुझिएको छ ।
कतिपय नेताहरूले नागरिकता प्रकरणमा मुछिएका व्यक्तिलाई नै नियमनकारी मन्त्रालय गृहको जिम्मेवारी दिँदा स्वार्थ बाझिने भन्दै विरोध जनाएका छन् ।



