बैतडीमा शिक्षकको हत्या

काठमाडौँ । बैतडीको पाटन नगरपालिका ६ मा पर्ने कृष्ण माविका शिक्षकको हत्या भएको खुलासा भएको छ । शिक्षक धनबहादुर विष्टको पुष १ गते शुक्रबार राती छात्रावास नजिकै हत्या भएको खुलेकाे हाे ।

अनुसन्धान गर्ने निकायकाअनुसार हत्यामा भएको संग्लन हत्यारा आज सार्वजनिक गरिनेछ । पुष २ गते छात्रावास पछाडिको झाडीमा शव फेला परेको थियो । उनको मादक पर्दाथ सेवन गरी लडेर मृत्यु भएको अनुमान गरिएको थियो ।

तर उनका परीवारिले हत्याको आशंका गरेपछि अनुसन्धान थालिएको थियो । सुनर्या गाउँपालिका २ स्थायी घर भएका शिक्षक विष्टको पिकनिकबाट आएपछि छात्रावासमा हत्या भएको पुष्टि अधिकारीक स्रोतले बताएको छ । हत्यामा संग्लनहरुलाई आज जिल्ला प्रहरी कार्यालय बैतडीले सार्वजनिक गर्ने भएको छ ।

शिक्षक विष्टको न्यायका लागि ५ दिनदेखि शिक्षक, विद्यार्थी र आफन्त आन्दोलित छन् । आन्दोलित समूहले पाटन नगरपालिका विद्यालय, बजार, र यातायात दुई दिन देखी बन्द गरेको छ, भने पाटन नगरपालिका तालाबन्दी गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया कार्याकक्षबाटै पक्राउ

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ परेका छन् । उपत्यका अनुसन्धानका …

प्रतिकृया दिनुहॊस