टाटा मोटर्सका इलेक्ट्रिक भेहिकल खरिद गर्न प्रभु बैंकले सुलभ कर्जा दिने

काठमाडाैं । प्रभु बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ प्रा.लि. बीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ। बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सिप्रदी टे«डिङ्ग प्रा.लि.का तर्फबाट महाप्रबन्धक शावन्त जंग सिजापतिले उक्त सम्झौतामा हस्ताक्षर गरे।

प्रभु बैंक र सिप्रदी ट्रेडिङ प्रा.लि. बिच सम्पन्न उक्त सम्झौता अनुसार सिप्रदी ट्रेडिङ प्रा.लि.बाट ग्राहकहरुले टाटा मोटर्स अन्तर्गतका इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ।

साथै, हाल बैंकको देशभर रहेको २१७ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ। यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री