कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित, थापाले २५ मत मात्र पाए

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी भएका छन् । देउवाले महामन्त्री गगन थापालाई पराजित गर्दै संसदीय दलको नेतामा विजयी भएका हुन् ।

८९ मत रहेको कांग्रेस संसदीय दलमा देउवाले ६४ मत पाए भने थापाले २५ मत मात्र पाएका छन् । बुधबार बिहान सम्पन्न मतदानमा सबै ८९ मत खसेको थियो ।

कांग्रेसका ८८ सांसदले सिंहदरबार स्थित कांग्रेस संसदीय दलबाट मतदान गरेका थिए भने सुत्केरी भएर अस्पतालमा रहेकी एक सांसद माया राइलाई निर्वाचन समितिका कमर्चारी अस्पतालमै पुगेर मतदान गराएका थिए ।

यस अघि पाँचौं पटक प्रधानमन्त्री बनिसकेका कांग्रेसका सभापति शेरबहादुर देउवा योसहित छैठौ पटक संसदीय दलको नेता निर्वाचित भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री