गगनलाई साथ दिएको प्रदीपले भने- ‘परिवर्तनको पक्षमा स्वविवेकी निर्णय गरेँ’

काठमाडाैँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले आफूले परिवर्तनको पक्षमा स्वविवेकी निर्णय गरेको बताएका छन् । पार्टीको संसदीय दलको निर्वाचनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पौडेलले अबको कार्यकारी भूमिकामा पछिल्लो पुस्ता जानुपर्छ भन्ने स्पष्ट पारेका हुन् ।

पार्टीको संसदीय दलको नेताको उम्मेदवार रहेका गगन थापाको पक्षमा कि ढिला गरी खुल्नुभयो भन्ने पत्रकारको प्रश्नमा जवाफ दिँदै पौडेलेले भने, ‘खासगरी पुस्तान्तरणको पक्षमा अग्रजहरूलाई सम्मान गर्दै अबको कार्यकारी भूमिकामा पछिल्लो पुस्ता जानुपर्छ, कार्यशैली बदल्नुपर्छ, आम निराशा जुन देखिएको छ, त्यसलाई अन्त्य गरी रक्तसञ्चार गर्नुपर्छ भन्ने नै हो । त्यसैले परिवर्तनको पक्षमा लाग्नुपर्छ भन्ने लागेर स्वविवेकी निर्णय गरेको हो मैले ।’

उनले कसले के पाउने भनेर लोभ लालचमा परेर यो निर्णय नगरेको पनि स्पष्ट पारे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री