कांग्रेस संसदीय दलको नेता बन्न देउवा र थापाले गरे उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले पार्टीको संसदीय दलको नेताको लागि उम्मेदवारी दर्ता गरेका छन् । सभापति देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द पौडेल रहेका छन् भने समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन् ।

त्यस्तै महामन्त्री थापाको प्रस्तावकमा नेता डा. शेखर कोइराला रहेका छन् भने समर्थकमा उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेल रहेका छन् ।

संसदीय दलको विधान २०७४ को धारा ५ बमोजिम संसदीय दलको नेताको पदमा उम्मेदवार हुनका लागि उम्मेदवारी दर्ता गर्दा ५१ हजार शुल्क तोकिएको छ ।

निर्वाचन समितिले दिएको कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दर्ता गर्न मंगलबार २ देखि ३ बजेसम्मको समय तोकेको छ । संसदीय दलको नेताको निर्वाचन भने बुधबार बिहान ८ देखि १० बजेसम्म हुने छ । कांग्रेस संसदीय दलमा प्रत्यक्ष र समानुपातिक गरि ८९ सांसद रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री