रास्वपाको संसदीय दलको नेतामा रवि लामिछाने चयन

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन् । सोमबार बसेको उक्त पार्टीको संसदीय दलको बैठकले लामिछानेलाई संसदीय दलको नेता छानेको हो ।

नेता कविन्द्र बुर्लाकोटीकाअनुसार दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने चयन हुन बाँकी छ ।

गत मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा मात्र भाग लिएको रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ सिट जितेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री