तरूण दलका पूर्वमहासचिव कमल चित्रकारको निधन

काठमाडौं । नेपाल तरूण दलका पूर्वमहासचिव कमल चित्रकारको निधन भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वमहामन्त्री चित्रकारको निधनले आफू स्तब्ध भएको उल्लेख गरेका छन् । देउवाले आज पशुपति पुगेर चित्रकारलाई श्रद्धाञ्जलीसमेत दिएका छन् ।

‘नेपाल तरुण दलका पूर्वमहासचिव एवं नेपाली कांग्रेसका नेता कमल चित्रकारजीको निधनको खबरले स्तब्ध भएको छु । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ देउवाले भनेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री