काठमाडौं । जाडो यामको सुरुवात भइसकेको छ । विशेषगरि जाडो मौसममा हामीलाई विभिन्न समस्याले सताउने गर्दछ । जसमध्येको एक हो कपालको समस्या । कपाल मानव शरीरको महत्वपूर्ण अंग हो । यसले हामीलाई सुन्दर र आकर्षक मात्र देखाउँंदैन छालाको हेरचाह गर्नमा पनि ठूलो भूमिका खेलेको हुन्छ । जाडो याममा विशेष गरेर कपाल टुक्रिएर र कमजोर भई झर्न थाल्छ । त्यसका लागि कपालको स्वास्थ्यको ख्याल कसरी राख्ने ठूलो प्रश्न हो ।
जाडोमा पर्याप्त हेरचाहको कमीले गर्दा कपालमा सुख्खापन आउने, चाया पर्ने, कपाल टुक्रने धेरैले झेल्दै आएको प्रमुख समस्या हो । अझ यो मौसममा चिसोबाट जोगिन सामान्यतया स्कार्फ वा टोपी लगाइने गरिन्छ । यसले झन् हाम्रो कपाल बिग्रने गर्दछ ।
जाडोमा कपालको हेरचाह:
- जाडोमा कपाललाई सुख्खा हुनबाट जोगाउन मोस्च्वराइजरको प्रयोग गर्नु पर्दछ । कपालमा चायाँं परेमा मनतातो तोरीको तेलमा कागतीको रस मिसाएर बनाएको लेप लगाउँंदा चायाँंबाट छुटकरा पाउन सकिन्छ ।
- जाडो मौसममा कम्तीमा हप्तामा २ पटक तातो तेलले कपाल मसाज गर्नु पर्छ । यसले रक्त परिसंचरणमा सुधार हुने गर्दछ । साथसाथ कपालको रुखो पना हटेर कपाल स्वस्थ र चम्किलो रहने गर्दछ ।
- हेयर ओयल मसाज गरेपछि हेयर स्टिम लिएर आवश्यकता अनुसार स्याम्पुले कपाल धुने गर्नु पर्दछ । हरेकपल्ट स्याम्पुले कपाल धोइ सके पछि कन्डिसनर वा ट्रिटमेन्ट क्रिमको प्रयोग गर्ने गर्नु पर्छ । तर कन्डिसनर प्रयोग गर्दा छालामा नपर्ने गरी कपालमा मात्र लगाउनु पर्छ ।
- धेरै तातो पानीले कपाल नुहाउनु हुँंदैन । सकेसम्म मनतातो पानीले नुहाउनु पर्छ । कपाल नुहाउँंदा धेरै माड्ने गर्नुहुँंदैन । हल्का तरिकाले नुहाउनुपर्छ । यसो गर्नाले कपाल रुखो हुनबाट बचाउँछ ।
- कपाल नुहाउँदा स्याम्पु वा कन्डिसनर राम्रोसँग पखालिएन भने कपालमा चाया पर्न सक्छ । त्यसैले स्याम्पु वा कन्डिसनर राम्रोसँग पखाल्नु पर्छ ।
- कपाल पखाली सकेपछि हेयर ड्रायरले कपाल सुकाउनु हुँदैन । ड्रायरको प्रयोग वा चर्को घाममा कपाल खुला राखेर सोझै बस्दा चमक गुम्छ । त्यसैले घाममा बस्दा जहिलेपनि कपाल छोप्न उचित हुन्छ ।
- चाडो मौसममा कपालका हाँगा काटनु राम्रो हुन्छ । चिसो हावाका कारण कपाल रुखो र सुख्खा हुने गर्दछ । जसका कारण कपाल टुक्रिने, हागा फाटिने समस्या हुने गर्दछ । त्यसैले कपाललाई बेला बेलामा थोरै काट्नु पर्दछ ।
- जाडोमा कपाल हरेक दिन नुहाउनु हुदैन । हरेक दिन कपाल नुहाउँदा कपालमा पाइने प्राकृतिक तेल हटेर सुख्खा हुने गर्दछ । त्यसैले हप्तामा दुई दिनमात्र कपाल नुहाउनु पर्छ ।
- विशेष गरेर एन्टिसेफ्टिक, एन्टिफङ्गल, एन्टिब्याक्टेरियल इफेक्ट भएका तेलहरूको प्रयोग गर्नुपर्छ । यस्तोमा नरिवलको तेल सबैभन्दा उत्तम मानिन्छ । त्यस्तै नेचुरल कलर भएका तेलको मात्र प्रयोग गर्ने, स्मेल भएका तेलको प्रयोग नगर्ने ।
- टाबेलले रगडेर कपाल सुख्खा बनाउँदा झर्न सक्छ त्यसैले सकेसम्म कपाललाई आफै सुक्न दिनुपर्छ । कपाल राम्रोसँग सुकेपछि मात्र कपाल बाँध्नुपर्छ । चिसैमा बाँध्दा कपालमा चाया पर्न सक्छ ।
- कपाललाई कसिनेगरी बाँध्नाले टुक्रिन र झर्न पनि सक्छ । त्यसैले खुकुलोसँग बाँध्ने र बेला बेला हेयर स्टाइल पनि परिवर्तन गरिराख्दा झर्न पाउँदैन ।
- धेरै कोर्दैमा कपाल राम्रो हुन्छ भन्ने कुरा गलत हो । त्यसैले कपाल धेरै नकोर्दा कपाल झर्ने समस्या कम हुन्छ । सकेसम्म हेयर कलर, मेहेन्दी, स्ट्रेट अनि कर्ली नगर्ने यसमा पाइने केमिकलले कपाललाई मात्र होइन, स्किनलाई समेत असर गर्छ ।
- चिसोमा सकेसम्म कपाललाई छोपेर राख्नुहोस्, अन्यथा कपाल रुखो हुने समस्या हुने गर्दछ ।
- चिसैमा कपाल कोर्ने बानीलाई परिवर्तन गर्नुपर्छ । कपाल सिल्की खालको छ भने सुख्खा भएपछि ठूलो दात भएको काइँयोले कोर्नुपर्छ तर कर्ली कपाल छ भने चिसैमा कोर्दा राम्रो हुन्छ ।
- जाडोमा कपाल बढी नै ड्राई हुने गर्छ । त्यसैले नुहाउनुभन्दा एक घण्टा अगाडि तेलले मसाज गर्ने र नुहाउने गर्दा कपाल सुन्दर हुनुका साथै मुलायम हुन्छ ।
- जाडोमा ऊनीको टोपीहरु लगाउँदा पनि कपालको सुन्दरतामा कमी आउनुका साथै कपाल पनि कमजोर हुन्छ । त्यसैले चिसोबाट बच्न ऊनीको टोपी लगाउनु अघि रुमालले कपाल बाँधेरमात्रै टोपी लगाउनु पर्छ ।
तपाईंको प्रतिकृया




