सोलुका युवकको दक्षिण कोरियामा सुतेको ठाउँमै मृत्यु

काठमाडाैँ । सोलुखुम्बुका एक युवकको दक्षिण कोरियामा सुतेकै ठाउँमा मृत्यु भएको छ । सोलु दूधकुण्ड नगरपालिका– ३ तामाखानी घर भइ दक्षिण कोरियाको हव्साङसिमा कार्यरत २९ वर्षीय रामप्रकाश मगरको मंगलबार मृत्यु भएको हो ।

बेलुका राम्रैसँग सुतेका मगरको हृदयघातका कारण मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । उनी केहि दिनदेखि प्रेसरका कारण सामान्य बिरामी रहेको पारिवारिक स्रोतले जनाएको छ । मगर करिब ५ वर्षअघि कोरिया पुगेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री