बलबहादुरको श्रीमती लक्ष्मीले हत्या गरेको पुष्टि

काठमाडाै । आफ्नै श्रीमानकाे हत्या आरोपमा प्रहरीले अर्घाखाँचीमा एक महिलालाई पक्राउ गरेको छ। छत्रदेव गाउँपालिका वडा नं. १ चिदिका चुमचौरकी लक्ष्मी नेपालीलाई प्रहरीले श्रीमानको हत्या गरेको आरोपमा पक्राउ गरेको हो। प्रहरीका अनुसार गत मंसिर २४ गते लक्ष्मीका श्रीमान बलबहादुर सार्की घरभित्रै मृत अवस्थामा भेटिएका थिए । साे घटनाबारे अनुसन्धान गर्दै जाँदा बलबहादुरको मृत्यु नभई श्रीमती लक्ष्मीले घाँटीमा पासो लगाएर हत्या गरेको पुष्टि भएको प्रहरीले वताएकाे छ ।

गत मंसिर २४ गते स्थानीय गोविन्दबहादुर नेपालीको घरमा मृत्युपछिको वार्षिक तिथिको काम भइरहेको थियो। दिनभरि गोबिन्दको घरमा काम सघाउन गएका बलबहादुर र लक्ष्मी साँझ मदिरा खाएर घर फर्किएका थिए। घरमा आएपछि श्रीमान श्रीमतीबीच विवाद सुरू भएकाे वताइएकाे छ । बलबहादुरले लक्ष्मीलाई कुटपिट गरेकाे प्रहरीले वताएकाे छ। श्रीमानले कुटपिट गरेको रिसमा लक्ष्मीले कम्मरमा बाँधेको पटुकी फुकाएर बलबहादुरको घाँटीमा पासो लगाई दलिनमा झुण्ड्याइदिइन्। पासो लगाएर झुण्ड्याएका बलबहादुरको मृत्यु भएपछि लक्ष्मीले दलिनमा बाँधेको पासो खोलिदिएकी थिइन् ।

मृत्युकाे ठाेस कारण पत्ता लगाउन नसकेकाे  प्रहरीले अनुसन्धान गर्दै जाँदा बलबहादुरको मृत्यु नभएर पासो लगाइ हत्या गरेको भन्दै लक्ष्मीलाई पक्राउ गरेकोछ । अहिले लक्ष्मीलाई पक्राउपछि जिल्ला अदालत अर्घाखाँचीबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले वताएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

इलाम-२ : सुहाङको मत १४ हजार नाघ्यो, मुढाले कटायो ८ हजार

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । …

प्रतिकृया दिनुहॊस