मेलम्चीको पानीलाई थप व्यवस्थापन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ मेलम्ची खानेपानी विकास समिति ब्युँताउन सरकार तयार रहेको बताएका छन्।

मङ्गलबार नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, प्रदीप पौडेललगायतका नेताको मेलम्ची खानेपानीबारे ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन्।

उनले मेलम्ची खानेपानी काठमाडौंका लागि महत्त्वपूर्ण भएकाले सबै मिलेर मेलम्चीको पानी कसरी १२ महिना नै काठमाडौंमा ल्याउने भन्नेबारेमा सोच्न आवश्यक रहेको बताए।

पूर्व प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईले मेलम्चीबाट पानी ल्याएर सहर सफा गर्ने प्रण गरे पनि अहिले आएर उनको सपना पूरा भएकोप्रति देउवाले खुसी व्यक्त गरे। प्रधानमन्त्री देउवाले मेलम्ची खानेपानी विकास समिति खारेज गरिएकोबारे कारण पत्ता लगाउन आवश्यक रहेको पनि बताए।

उनले मन्त्रिपरिषद्को बैठकमा मुख्यसचिवसहितका विज्ञ टोलीहरू राखेर मेलम्चीको पानीलाई थप व्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता जनाए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रपति पौडेलद्वारा लगानीसम्बन्धी अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानीसम्बन्धी अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले आइतबार ‘लगानी …

प्रतिकृया दिनुहॊस