नेपाल टेलिकमका ग्राहकले कार्डबाट रिचार्ज गरे डाटा बोनस पाउने

काठमाडौं । नेपाल टेलिकमले ग्राहकका लागि आकर्षक अफर ल्याएको छ । टेलिकमका ग्राहकले रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गरेमा १ जीबीदेखि १० जीबीसम्म बोनस डाटा पाउने भएका हुन् ।

ग्राहकहरुले २०० रुपैयाँ, ५०० रुपैयाँ र एक हजार रुपैयाँका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा १ जीबी, ४ जीबी र १० जीबी डाटा बोनस पाउने प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।

२०० रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा ग्राहकले १ दिन प्रयोग गर्न सकिने १ जीबी डाटा, ५०० रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा ४ दिनसम्मका लागि ४ जीबी डाटा र एक हजार रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी डाटा बोनस प्राप्त गर्न सक्ने छन् ।

यो अफर मंसिर २० देखि आगामी पुस १९ गतेसम्म जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताहरूका लागि उपलब्ध हुने बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बैंकर मनोज ज्ञवालीको नजरमा मौद्रिक नीति समीक्षाका मुख्य ८ व्यवस्था र तिनका असर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले …

प्रतिकृया दिनुहॊस

This will auto close after