महानगरविरुद्ध सुकुम्वासीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं – काठमाडौं महानगरपालिकाले विकल्प बिना नै सुकुमबासीहरुलाई लखेट्न खोजेको भन्दै सुकुमबासीहरुले प्रदर्शन गरेका छन् । थापाथलीस्थित बागमती किनारका सुकुम्बासीहरुले आज पनि महानगरविरुद्व प्रदर्शन गरेका हुन् । उनीहरुले बिना विकल्प उठिबास नलगाउन माग गरेका छन् ।उनीहरुले केही दिनअघि सुकुमबासी बस्ती हटाउन पुगेका महानगर प्रहरीविरुद्व आक्रमण गर्नेविरुद्व महानगरले दिएको जाहेरी फिर्ता लिन पनि माग गरेका छन् । प्रदर्शनमा सहभागीहरूले सुकुमबासी तथा अव्यवस्थित बसोवासीहरूका संवैधानिक अधिकार ग्यारेन्टीको माग गरेका छन् । उनीहरूले जिल्ला भूमि आयोगको कामलाई तीव्र बनाउन माग गरेका छन् ।पछिल्लो समय सुकुमबासी तथा अव्यवस्थित बसोवासीहरूमाथि सरकारले दमन गरेको भन्दै उनीहरूले विभिन्न अभियोग लगाई प्रहरीमा दिइएका जाहेरी फिर्ता लिन माग गरेका छन् । केही दिनअघि थापाथलीस्थित सुकुमबासी बस्तीमा काठमाडौं महानगरपालिकाले डोजर चलाउन खोज्दा आक्रमण गर्नेहरूमाथि कारबाहीको माग गरी महानगरले जाहेरी दिएको छ ।Sukumbashi Birodh 3Sukumbashi Birodh 4Sukumbashi Birodh 5Sukumbashi Birodh 6Sukumbashi Birodh 7Sukumbashi Birodh 8Sukumbashi Birodh 9Sukumbashi Birodh 10Sukumbashi Birodh 11

तपाईंको प्रतिकृया

लेखकबाट थप