बिहान खाली पेटमा पिउनुहोस् तातो पानी, मिल्नेछन् यस्ता फाइदा

काठमाडौं । तातो होस् वा चिसो जुन तापक्रमको पानी खाँदा पनि स्वास्थ्यलाई फाइदा नै हुन्छ। कुनैपनि स्वास्थ्य समस्यामा भएमा डाक्टरहरुले पनि पर्याप्त पानी पिउन सल्लाह दिन्छन्। पानी जिवनका लागि अनिवार्य मात्र छैन, पर्याप्त पानी पिउनु सुस्वास्थ्यका लागि निकै महत्वपूर्ण हुन्छ । पानी पिउदा पनि धेरै समस्याको समाधान हुन्छ।

अधिकांश रोग पेटमा नै उत्पन्न हुन्छन् त्यसैले खाली पेटमा पानी खानुको अर्थ धेरै छ। पानीको पर्याप्त सेवनले पाचन प्रणाली, छाला तथा कपाललाई पनि स्वस्थ बनाउँदछ । पानीले शरीरका विकारजन्य पदार्थलाई बाहिर ल्याउन सहयोग गर्दछ ।

बिहानको समयमा पानी पिउँदाका फाइदाहरु :

– दैनिक बिहान उठ्ने वित्तिकै मन तातो पानी पिउँदा छालालाई स्वस्थ बनाउछ ।

– दिनहुँ बिहान मनतातो पानी पिउनाले सरीरमा रक्तसंचार सन्तुलित र नियमित हुन्छ । पानी पिउनाले एसिडिटीको समस्या पनि कम हुन्छ र पेट सफा हुन्छ ।

– बिहान खाली पेटमा मनतातो पानी पिउनाले कब्जियतबाट छुटकारा पाइन्छ । पर्याप्त पानी पिउनाले जोर्नीको दुखाई पनि कम हुन्छ र हड्डी मजबुत बनाउन सहयोग गर्दछ ।

– अनुहारमा दाग, डन्डीफोर र चाया सम्बन्धी समस्या हराउँछ ।

– शरीरले पोषक तत्व सजिलै प्राप्त गरी पाचन प्रक्रिया पनि राम्रो हुन्छ।

– रुघाखोकी लागेको बेला पर्याप्त मात्रामा मनतातो वा तातो पानी पिउनु आवश्यक हुन्छ । तर धेरै चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक हुनसक्दछ ।

– भोक नलाग्ने समस्या छ भने बिहान खाली पेट पानी पिउदा भोग जाग्छ।

– मनतातो पानी पिउँदा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ, चिसो खोकी जस्ता संक्रमणबाट बचाउछ ।

– एक कप वा गिलास तातो पानीले मानिसलाई तनाव कम गर्न वा राम्रो तरिकाले व्यवस्थापन गर्न सहयोग गर्छ।

– थुप्रै अनुसन्धानले के देखाउँछ भने धेरै तातोपानी खाँदा तौल घट्ने सम्भावना बढी हुन्छ। तातो पानी खाँदा पेट भरिएको जस्तो महसुस हुने भएर पनि यसले तौल घटाउन सहयोग पुर्याएको हुनसक्छ। पानीले शरीरमा पौष्टिक तत्व सोस्न र टक्सिन र अनावश्यक कुराहरु बाहिर निकाल्न सहयोग गर्छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रोवोटिक सर्जरीले पाउँदै नयाँ अनुहार

काठमाडौं । भारतको बिहारका डा.आशिष सिंहको चर्चा विश्वभर फैलिँदै गएको छ । उनीसँग उपचारका लागि …

प्रतिकृया दिनुहॊस