सुनको मूल्य एक लाख नजिक, आज कति बढ्यो ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेर १ लाख नजिक पुगेको छ। आइतबार छापावाला सुनको मूल्य प्रति तोला ९९ हजार ५ सय रुपैयाँ कायम भएको छ।

शुक्रबार प्रति तोला ९९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ४ सयले बढेर प्रति तोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ। सुनको मूल्य प्रति तोला २५ रुपैयाँले बढेको हो। शुक्रबार सुनको मूल्य प्रति तोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री