बाजुरामा कांग्रेस सहमहामन्त्री पाण्डे जित, ५४३७ मतान्तरले हारे कर्ण थापा

काठमाडाैँ । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डले बाजुराबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार पाण्डेले एमालेका कर्णबहादुर थापालाई ५ हजार ४३७ मतान्तरले पराजित गरेहका हुन् ।

बुधबारबाट सुरुको मतगणनाको आइतबार आएको परिणाम अनुसार पाण्डेले ३१ हजार ७८६ मत पाउँदा एमालेका स्थानीय कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशका सहइन्चार्ज थापाले २६ हजार ३४९ मत प्राप्त गरेका छन् । ०६४ पछि बाजुरामा कांग्रेले पहिलो पटक चुनाव जितेको छ ।

यस्तै प्रदेश सभा (ख) बाट नेपाली कांग्रेसका पदमबहादुर शाही निर्वाचित भएका छन् । शाही २० हजार ११९ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लाल बहादुर थापाले १७ हजार ५२१ मत प्राप्त गरे । थापा एमालेको तर्फबाट निवर्तमान संघीय सांसदसमेत हुन् ।

स्वतन्त्र उम्मेदवार जनक बहादुर रावलले १५५ र राप्रपाका उम्मेदवार हिमाल बहादुर शाहीले १२२ मत पाए । ८३४ मत बदर भएको छ । प्रदेश सभा (क)१ मा भने नेकपा एकीकृत समाजवादीका नरेशबहादुर शाही शनिबार नै विजयी भइसकेका छन् । शाहीले १० हजार ९७३ मत पाएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बलदेव रेग्मीले ८ हजार ६३२ मत पाए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री