काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सुकुम्वासीहरूको समस्या चाँडै समाधान गरिने बताएका छन् । शनिबार बिहान काठमाडौँको आशा आवासीय विद्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘यहाँ सुकुम्वासीहरूको पनि समस्या देखिएको छ । अहिले राष्ट्रिय भूमि आयोगले काम गरिरहेको छ । आयोगको दिएको सुझावअनुसार हामीले तीव्रताका साथ सुकुम्वासीहरूको समस्या समाधान गर्नेछौँ,’ उनले भने ।
काठमाडौँ १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेता सिंहले आफ्नो निर्वाचन क्षेत्रको विकास र समृद्धिको लागि आफू सधैँ तयार रहेको बताए । ०७४ सालमा पनि सोही क्षेत्रबाटै निर्वाचित उनले भने, ‘एउटै निर्वाचन क्षेत्रबाट निर्वाचन भइरहनु चानचुने कुरा होइन । मैले मेरो क्षेत्रमा धेरै कामहरू गरेको छु । अब गर्नुपर्ने कामहरूबारे मतदाताहरूले बोलाउनुस् र भन्नुस् । त्यो पनि गर्नेछौँ ।’
नेता सिंहले आफू पनि प्रधानमन्त्रीको दाबेदार नेता भएपनि प्रक्रिया भने ज्यादै जटिल रहेको बताए । मतदाताहरूको चाहना प्रधानमन्त्री भइदेओस् भन्ने भएपनि संसदीय प्रणालीअनुसार अघि बढ्दा जटिलता थपिँदै जाने उल्लेख गर्दै उनले भने, ‘भन्नलाई सजिलो हुन्छ तर प्रक्रियाचाहिँ अलिक लामो र जटिल हुन्छ ।’
यद्यपि आफूसँग प्रधानमन्त्री बनेर काम गर्न सक्छु भन्ने ‘कन्फिडेन्स’ भने भएको उनले बताए । ‘तर, प्रधानमन्त्री भएर काम गर्न सक्छु भन्नेचाहिँ छ मसँग,’ उनले भने ।
राजधानीवासीको खानेपानी समस्या छिटो समाधान होस भनेर आफूहरू लागि परेको उनको भनाई छ । बहुप्रतिक्षित मेलम्ची खानेपानी परियोजना किन सुचारु हुन सकेन भनेर आफूहरू मेलम्ची खानेपानी मुहानमै पुगेर के कस्तो अवस्था छ जानकारी लिएर आएकाले केही व्यवहारिक र प्राविधिक समस्या तत्कालै समाधान गराउन छिटै प्रधानमन्त्री शीत भेटेर समाधानको पहल गर्नेसमेत नेता सिंहले दोहोर्याए ।
प्रतिकृया दिनुहॊस